इटहरी उपमहानगरपालिकाले गत चालु आर्थिक बर्षको बजेट भन्दा ७ करोड ५० लाख घटाएर आगामी बर्षको बजेट सार्वाजनिक गरेको छ ।
चालु आर्थिक बर्षमा १ अर्ब ८५ करोड ५० लाखको बजेट अनुमान गरिएकोमा आगामी बर्ष भने बजेट घटाएर १ अर्ब ७८ करोडको बजेट ल्याइएको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन ।
बुधबार सुरु भएको इटहरीको नगरसभामा आर्थिक बर्ष २०७७/०७८ बजेट पेस गरिएको हो । उपमहानगरको सातौ नगरसभाबाट उपमेयर गौतमले इटहरी बिकासकालागि सो बजेट पेश गरेकि हुन ।
इटहरीको मुख्य चौक हाल खाली रहेकाे र साे स्थानमा बिश्व मानचित्रमा नेपाल देखिने नेपालको नक्सा सहित पृर्थ्वी आकारको स्मारक बनाइने भएको छ । सो निर्माणका लागि इटहरी उपमहानगरको सातौ नगरसभाबाट आवस्यकिय बजेटको ब्यवस्था गरिएको बताइएको छ । त्यसैगरी इटहरीमा बढदो सहरीकरण संगै निर्माण हुदै गरेको ६ लेन सडकले निम्त्याएको पार्किङ समस्यालाइ मध्यनजर गर्दै स्मार्ट पार्किङको योजनालाइ पनि अघि सारेको छ ।
सो निर्माणकालागि नगरसभाबाट रू। ५ करोड २५ लाख बिनियोजन गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन ।
त्यस्तै इटहरीवासीहरूको मागलाइ ध्यानमा राख्दै आगामि वर्षदेखि उपमहानगर क्षेत्रमा नगर वस सञ्चालन गरिने भएको छ । सो सञ्चालनकालागि उपमहानगरको सातौ नगरसभाले रू ५० लाख बजेट विनियोजन गरिएको छ । नगरसभाबाटै इटहरीको चौरास्त क्षेत्र बिकासकालागि बिशेष प्याकेज ल्याइएको बताइएको छ । आगामि वर्षदेखि इटहरीलाइ धुलोमुक्त बनाइ हरितनगरी सहरको पहिचान बनाउन उपयुक्त बजेट बिनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयको स्तरोन्नतीका लागी गत आर्थिक वर्षबाट सामुदायिक विद्यालयको अनुगमन कार्यपालिकाको कार्यालयबाटै गर्न सकिने गरी सिसी क्यामेरा जडान गर्ने कार्यलाई निरन्तरता दिदै अन्य विद्यालयहरूमा आगामी आर्थिक वषर््माा सिसि क्यामरा जडान गर्ने कार्य सम्पन्न गरिसक्ने जनाइएको छ । शिक्षा क्षेत्रमा भएका उल्लखेनिय सुधारका कार्यक्रमलाइ निरन्तरता दिदै समग्र शिक्षा क्षेत्रको बिकाशका लागी रू २ करोड विनियोजन गरिएको छ । त्यस्तै खेलकुद , स्वास्थ्य , ज्येस्ठ नागरिक , महिला स्वोरोजगार कार्यक्रम , सामाजिक शुरक्षा , बालबालिका तथा किशोरी , अपांगता लगायतको क्षेत्रमा पनि उल्लेखनिय बजेटको व्यवस्था गरिएको छ ।
त्यस्तै कृषि एवम पर्यटन क्षेत्रको बिकासकालागि पनि उपमहानगरले उपयुक्त बजेटको व्यवस्था गरेको नगरसभामा जानकारी गराइएको छ । मुख्य शहरी क्षेत्रलाइ थप शौन्दर्य बनाउन उपमहानगरले मुख्य चोकबाट आसपास पूर्व पश्चिम राजमार्गको टेग्रा खोलादेखि पश्चिम खेती खोलासम्म सडकको दाया बांया विभिन्न रंगका टाली बिच्छाएर धुलो मुक्त शहर बनाउने योजना संचालन गरिने जनाइएको छ उक्त योजना समयमै सम्पन्न गर्नकालागि उपमहानगरले लागि रू १ करोड विनियोजन गरेको छ ।
इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीको सभाध्यक्षमा सम्पन्न सातौ नगरसभामा इटहरी क्षेत्रका बिशिस्ट ब्याक्तिहरू , समाजसेवि , राजनीतिक दलका प्रतिनिधि , पत्रकार , ब्यापारी , उद्योग वाणिज्य संघ इटहरीका पदाधिकारी लगायत अन्यको ब्यापक उपस्थिति रहेको थीयो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved