• असार ११, २०७७
  • जुनकिरी खबर

प्रदेश १: बिहीबार ७ संक्रमित थपिए, ७० जना डिस्चार्ज

alt

 प्रदेश १ बाट बिहीबार एकैदिन ७० जना कोरोना संङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टर गोठगाउँमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा मोरंङका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४ तथा पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार डिस्चार्ज हुनेहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका थिए । उनीहरु १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।

डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतलगायतले विदाई गर्नुभयो । योसँग‌ै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ७ जना संक्रमित थपिएका छन् । मोरङमा १, सुनसरीमा २ र झापामा ४ रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]