• असार १२, २०७७
  • जुनकिरी खबर

प्रदेश १ सरकारले सवारी साधनको लागी ४८ करोड रुपैयाँ बजेट विनियोजन

alt

प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सवारी साधनको लागी ४८ करोड ५० लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोना संक्रमण फैलिएको भन्दै प्रशासनिक खर्च कटौती गरेको सरकारले विलासिता बस्तुमा भने खर्च बढाएको हो ।

सवारी साधन मर्मतमा मात्र ७ करोड ६६ लाख ९४ हजार रुपैयाँ र इन्धनमा ९ करोड ३४ लाख ३३ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । त्यस्तै सवारी साधनमा भन्दा दोब्बर मेसिनरी तथा औजार खरिद शीर्षकमा विनियोजन गरेको छ । विभिन्न विद्युतीय सामाग्रीहरू खरिद गर्नको लागी भन्दै ९१ करोड ६३ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

मन्त्रालयको अनावश्यक माग बढ्न थालेपछि प्रदेश सरकारले ५ अर्वभन्दा बढीको घाटा बजेट तयार गरेको छ । बिलासी मन्त्रालयको आरोप लागेको मन्त्रालय हो आन्तरिक मामिला तथा कानुन मन्त्रालय । जुन मन्त्रालयले यस पटक पनि नयाँ सवारी खरिदमा ठुलो रकम माग गरेको छ ।

चालु वर्षको अनुमान अनुसार २३ करोड ४४ लाखको सवारी साधन खरिद गरेको मन्त्रालयले गरेको थियो । आगामी आवमा सवारी साधन खरिदको लागि ५ करोड ३८ लाख बढी अर्थात् २८ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयको जम्मा बजेट १ अर्व २७ करोड ४० लाख ८९ हजारमध्ये २३ प्रतिशत अर्थात् २८ करोड ८२ लाख रुपैयाँ बजेट सवारी साधन खरिद गर्ने भएको छ । प्रदेश सरकारले यहीँ मन्त्रालय मार्फत आफू मातहत नरहेको नेपाल प्रहरीको लागि सवारी साधन र भवन निर्माण ठुलो बजेट खर्च गर्दै आएको छ ।

त्यस्तै सवारी साधनमा बढी खर्च गर्ने दोस्रो मन्त्रालय हो भौतिक पूर्वाधार विकास मन्त्रालय । सो मन्त्रालय र त्यस अन्तर्गतको कार्यालयका लागि ५ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको नयाँ सवारी खरिद गरिने भएको छ । चालु आर्थिक वर्षमा २ करोड ९३ लाख ८४ हजार रुपैयाँ सवारी साधनमा खर्च गर्ने संशोधित अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]