• असार १३, २०७७
  • जुनकिरी खबर

जिपी फाउण्डेसन सुनसरीद्धारा निःसहाय आश्रममा र बृद्धाश्रममा स्वास्थ्य परीक्षण

alt

गिरिजा प्रसाद कोईराला फाउण्डेशन सुनसरीले इटहरी स्थित अनाथ आश्रम र बृद्धाश्रममा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाली राजनीतिका शिखर व्यक्तित्व स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्दै आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराएको छ ।

इटहरी –४ स्थिति निःसहाय अनाथ आश्रममा रहेका ४१ जना बालबालिका र इटहरी–१६ स्थित रामजानकी बृद्धाश्रममा आश्रित ८ जना बृद्ध बृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको जि.पि कोईराला फाउण्डेशन सुनसरीका सह–अध्यक्ष तथा कार्यक्रम संयोजक सुर्य राईले जानकारी दिए ।

पछिल्लो समय छुट्टीको सदुपयोग गर्दै सुनसरी लगायत विभिन्न विकट इलाकाहरुमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिएका वि.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अभियन्ता चिकित्स डा.देवराज घिमिरे सहितको चिकित्सक टोलीले स्वास्थ्य जाँच गरेका हुन ।

कार्यक्रममा नेपाली काँग्रेस सुनसरीकी जिल्ला सदस्य बिमला ढकाल, नेपाली काँग्रेस इटहरीका उपसभापति शिवराज दहाल, सचिव प्रकाश बस्नेत, नगर सदस्यहरु सुमित थापा, दिव्यराज गुरुङ्ग, रोशन तामाङ्ग, नेविसंघ सुनसरीका उपसभापति टंक दहाल लगायत उल्लेख्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]