• असार १४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए

alt

प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि भएकाहरु भारतबाट आएर गान्धी आश्रम क्वारेन्टिनमा बस्दै आइरहेका थिए । योसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ ।

यसैगरी झापाको हल्दीबारीमा २ जना महिला, उदयपुरको कटारीमा ३ जना महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इलामको माई नगरपालिका र सुनसरीको इनरुवा नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]