• जेठ २, २०७६
  • उत्तम नेपाल

झापा कारागारभित्रबाटै १४ राउण्ड गोलीसहित पेस्तोल गायव

alt

भद्रपुर / झापाको भद्रपुरस्थित कारागारमा सुरक्षार्थमा खटिएका सई नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको छ ।

असइ हीरण सिंहलाई सुरक्षाको जिम्मा दिएर आचार्य घर बिदा गएका थिए । तर, वुधबार बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति निर्माण भई अनुसन्धान थालेको जिल्लाका एसपी दिनेशराज मैनालीले बताए ।

नौ महिनाअघि झापा कारागारभित्रैबाट दिउँसै फरार भएका गौरादह नगरपालिका–८ स्थित जुरोपानीका २४ वर्षीय उमेश माझीलाइ अझै प्रहरीले समाउन सकेको छैन । गत २०७१ असार ७ देखि जबरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी गत साउन २७ गते आइतबार दिउँसै कारागारको पर्खाल नाघेर भागेका थिए । कारागारभित्रै बिजुली मर्मत गरिरहेको अवस्थामा भर्याङको प्रयोग गरि पर्खाल नाघेर फरार भएको घटना सार्वजानिक भएको थियो ।

ब्लाष्ट खबर

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]