• असार २२, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ६ जना नयाँ संक्रमित

alt

प्रदेश १ का  तीन जिल्लामा सोमबार  ६ जनामा कोराना भाइरस संक्रमित भेटिएका छन् ।  

प्रदेश १ सामाजिक विकास मन्त्रालयले झापामा ४, खोटाङ र सुनसरीमा १–१ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।  

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको र संक्रमितमध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालमा उपचाररत १५ जना संक्रमित सोमबार डिस्चार्ज भए । जसमा ११ महिला र ५ पुरुष डिस्चार्ज छन् । प्रदेश १ मा ४ सय ७२ जना कोरोना भाइरसको उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]