• असार २३, २०७७
  • जुनकिरी खबर

सुनसरीमा बुधबारदेखि लकडाउन कडा बनाउदै प्रशासन

alt

सोमबार गृह मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी देशैभर मास्क अनिवार्य गरेकोमा सुनसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि मास्क अनिवार्य भन्दै सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी असार २२ गतेको गृह मन्त्रालयको पत्र अनुसार कोभिड १९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाल सरकारबाट जारी गरिएको लक डाउन सहजीकरणको लागि सङ्क्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी जनस्वास्थ्य र सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्न गराउन भन्दै सूचनाको कार्यान्वयन नगर्नेलाई सङ्क्रमण रोग ऐन २०२० बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

घर बाहिर हिँडडुल गर्दा सार्वजनिक स्थलमा जाँदा अनिबार्यरुपमा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरेर मात्र आवत जावत गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरूमा सेवाग्राही तथा सेवा प्रदायकले अनिवार्यरुपमा २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने र साबुन पानीले बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने र अनाबश्यकरुपमा भिडभाड नगर्ने, स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड अनिवार्यरुपमा परिपालना गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]