• असार २९, २०७६
  • जुनकिरी खबर

बाढीपहिरो र डुबानले ३६ जनाको ज्यान गयो, २४ जना बेपत्ता

alt

अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझको तथ्यांकअनुसार बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन र सुर्खेतमा १/१ जनाको ज्यान गएको छ । सुर्खेतमा ९, सिन्धुलीमा ४ तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र भोजपुरमा १/१ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ । मकवानपुरमा ४, काभ्रेमा २, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १/१ जना घाइते भएका छन् । स्थानीय अस्पतालमा घाइतेको उपचार भइरहेको छ । 


महोत्तरीमा ५ सय, रौतहटमा २ सय, काठमाडौंमा १ सय ८५, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा ८, सिरहामा २ तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी ९ सय ७९ जनालाई बाढीपहिरोबाट सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।


बाढीपहिरो र डुबानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी खटिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६, प्रदेश १ मा ६ हजार ३ सय ५, प्रदेश २ मा ५ हजार ७ सय २, प्रदेश ३ मा ३ हजार ४ सय ५ र कर्णाली प्रदेशमा ३ हजार १ सय १२ गरी २७ हजार ३ सय ८० प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]