• असार २७, २०७७
  • जुनकिरी खबर

लागुऔषधको नेटवर्क चिर्दै सुनसरी प्रहरी

alt

सुनसरी हुँदै देशका विभिन्न स्थान सम्म लागुऔषध पुग्ने गरेको पाइएपछि यतिबेला भने सुनसरी प्रहरीले लागुऔषध विरुद्धको स्विप अप्रेशन नै चलाएको छ ।सुनसरी प्रहरीले पछिल्लो दुई महिनामा लागुऔषध कारोबारीको निकै ठुलो नेटवर्कको पर्दाफास समेत गरेको छ ।

भारतमा रही नेपाल तर्फ लागुऔषध सप्लाई गर्ने देखी सुनसरी हुँदै नेपालका विभिन्न शहर सम्म लागुऔषध पुर्याउने कारोबारीलाई प्रहरीले समात्न सफल भएको छ ।सुनसरी प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी २ महिने प्रगती विवरण सार्वजनिक गर्दै लागुऔषध विरुद्धको स्विप अप्रेसनका बारेमा जानकारी दिएको हो ।सिआइबीमा लामो समय बसी प्रहरी प्रमुखका रुपमा सुनसरी आउनु भएका कमल थापाले स्विप अपे्रेसनको बारेमा जानकारी गराउनु भएको हो ।

थापाका अनुसार सुनसरी प्रहरीले यतिबेला दैनिकजसो ठुलो मात्रामा लागुऔषध बरामद गर्दै आएको छ । प्रहरीले लागुऔषध कारोबारीलाई समेत पक्रदै आएको छ ।सुनसरी प्रहरीले यतिबेला गम्भिर प्रकृतीका मुद्दालाई समेत प्राथमिकतामा राखी अनुसन्धान बढाएको वहाँको भनाई छ ।लक डाउनका समयमा सामान्य भन्दा गम्भिर र जटिल मुद्दा केन्द्रित बनेको सुनसरी प्रहरी जिल्लालाई लागुऔषध मुक्त बनाउने अभियानमा जुटेको प्रहरी प्रमुख थापाले बताउनु भयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]