• असार २८, २०७७
  • जुनकिरी खबर

बाढी पहिरोले प्रदेश १ मा ५१ जनाको ज्यान गयो

alt

प्रदेश एकमा बाढी पहिरो तथा पानीमा ढुबेर ५१ जनाको ज्यान गएको छ । २०७७/०३/२८ गते सुनसरी बराहक्षेत्र नपा ६ बोराबान कोशी किनारा स्थित दाउरा खोज्ने क्रममा १३ बर्षिय अनिल बस्नेत कोशी नदीले बगायो । सधै झै दाउरा झिक्ने क्रममा उनको उल्पआयुमै मृत्यु भयो ।

२०७७।०३।२८ गते संखुवासभा सिलिचोङ गा.पा. वडा नं. १ स्थित बेसिन्दा भन्ने ठाउँमा अबिरल बर्षाको कारण पहिरो गई ८ घर बगागउँदा ११ जना मानिस बेपत्ता भएका छन ।
२०७७।०३।२७ गते .झापा भद्रपुर नपा ३ नाउगाट स्थित मेची खोलामा हिरण राई नुहाउने क्रममा उक्त खोलाले बगाई बेपत्ता भए । उनको शब भने भेटिएको छैन ।

ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् । ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पु¥याई बेपत्ता भए ।
तेह्रथुम आठराई गाउँपालिका सन्तोष तामाङ र रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । यो सँगै प्रदेश एकमा पानीमा ढुबेर ,खोलाले बगाएर र बाढी पहिरोको कारण ४८ जनाको मृत्यु भएको छ । गत चैत्र यता ४८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यलय विराटनगरको तथ्याकले देखाउँछ ।

सुनसरीमा पानीमा ढुबेर तथा बगाएर चैत्र यता ६ जनाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सेउती खोलामा धरानको रामबहादुर बस्नेतको लास भेटियो । त्यस्तै बुढी गाउँपालिकाका बब्लु भनिने बलराम ऋषिदेब घर नजिकैको खोलामा बेपत्ता भए उनी मृत भेटिएका छन ।

इनरुवाका रामलाल उराव पनि खोलामा ढुबेर मृत्यु भयो । देवागन्जकी लक्ष्मीकुमारी यादव,शिवराज मेहेता र करण श्रmषिदेवको मृत्यु भएको छ । आज बाढीमा परेर मृत्यु हुने सहित प्रदेश एकमा मृत्यु हुनेको संख्या ५१ जना पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एसपी दिपक पोखरेलले जनाए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]