• असार २९, २०७७
  • जुनकिरी खबर

सुनसरीमा एकसहित प्रदेश १ मा आज ६ संक्रमित थपिए

alt

प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् ।

ती मध्ये एक जना सुनसरीका छन् । सुनसरीमा रामधुनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यस्तै झापामा ४ जना र मोरङमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, मोरङको कटहरी पनि एक जना पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ ।

यसैगरी, प्रदेश १ मा आज ३३ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत ३३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका २०, मोरंगका ५, संखुवासभाका ३, सुनसरी र खोटाङका २–२ र ताप्लेजुङका १ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]