• असार ३०, २०७७
  • जुनकिरी खबर

सुनसरीमा १०२ जना कोरोना संक्रमित मध्ये ८८ निको भए

alt

सुनसरीमा अहिले सम्म भेटिएका १ सय २ जना कोरोना संक्रमित मध्ये ८८ जना निको भएका छन् । जिल्लामा स्वाब संकलन गरिएका मध्येबाट पोजेटिभ भेटिएका संक्रमित १ सय २ जना मध्ये ८८ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य कार्यालय सुनसरीका अनुसार पछिल्लो अवस्था सम्ममा बाहिरी जिल्लामा स्वाब संकलन गरिएको ३ जना समेत सुनसरीका १ सय ५ जना संक्रमित भेटिएका छन् ।

सुनसरीमा अब आज थप भएका एकजना सहित कोरोना पोजेटिभ भेटिएका मध्ये धरान, इटहरी, रामधुनी र बर्जुका गरी १४ जना उपचारको क्रममा छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार उनीहरु सबैको अवस्था सामान्य छ ।सुनसरीमा सबैभन्दा बढी भोक्राहामा १९ जना संक्रमित भेटिएका थिए । सबैभन्दा कम दुहबी नगरपालिकामा १ जना कोरोना पोजेटिभ पाइएका हुन् ।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ । त्यसपछि दोस्रो नम्बरमा ११ देखि २० वर्ष उमेर समूह रहेको छ । ६१ वर्ष भन्दा माथि कोरोना संक्रमित भेटिएको संख्या २ मात्र छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]