• असार ३०, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरले सञ्चार नीति ल्याउने

alt

इटहरीलाई कर्मथलो बनाइ सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकारहरूको बिकास तथा उनीहरूलाई हौशला प्रदान गर्न र इटहरी क्षेत्रमा रहेका सञ्चार माध्यमहरूलाई थप शुदृढिकरण सँगै व्यवस्थित बनाउन इटहरी उपमहानगरले सञ्चार नीतिको कार्यक्रमहरू ल्याउने भएको छ ।

इटहरीमा चाडै आम सञ्चार परिषद गठन गरी पत्रकारहरूको सम्पूर्ण बिवरण राखिने र उनीहरूको प्रवद्र्धकालागि ठोस कार्यक्रमहरू ल्याइने उपमहानगरले जनाएको छ ।

उपमहानगर क्षेत्रबाट प्रकाशित भएका सञ्चार माध्यमहरूलाई समानुपातिक बिज्ञापन दिदै आएको र त्यसलाई निरन्तरता दिदै थप प्रभावकारी बनाइने जनाइएको छ । त्यसैगरी चालु वर्षमा संचालनमा रहेको रेडियो कार्यक्रमलार्ई अगामी वर्षमा पनि निरन्तरता दिदै इटहरीमा संचालन भएका अनलाईन पत्रिका लगायत पत्रपत्रिकाको विकासको लागि आवश्यक सहयोग उपलब्ध गराइने भएको छ ।

इटहरीमा पत्रकार महासंघको भवन निर्माणकालागि उपमहानगरले पर्याप्त बजेट बिनियोजन गरेको उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् । साथै इटहरी क्षेत्रको सञ्चार जगतलाई अझ प्रभावकारी बनाउन र प्रवद्र्धनकालागि रू २५ लाख बजेट बिनियोजन गरेको उपमहानगरले जनाएको छ । राज्यको चौथो अंगको रूपमा रहेको आम सञ्चार क्षेत्रको विकास, प्रगती र क्षमता अभिवृद्धि गर्ने नीतिलार्ई आगामी वर्ष थप व्यवस्थित र उन्नत बनाइने जनाइएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]