• साउन २, २०७७
  • जुनकिरी खबर

केराबारी गाउँपालिका अध्यक्षमाथि आक्रमण

alt

केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यलयमै आक्रमण भएको छ । शुक्रबार उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेलको कार्यकक्षमा छलफल गरिरहेको अवस्थामा आक्रमण भएको हो ।

शुक्रबार बिहान ११ बजेतिर केराबारी–१० मा रहेको गाउँपालिका कार्यालयमा पुगेका कार्की उपाध्यक्ष भुजेलको भूइँ तलामा रहेको कार्यकक्षमा रहेको अवस्थामा केराबारी–१० का ३४ वर्षीय भाले भनिने भवन ठकुरीले आक्रमण गरेका थिए ।

घटनाको प्रत्यक्षदर्शी समेत रहेकी उपाध्यक्ष भुजेलका अनुसार कार्यकक्षमा प्रवेश गरेको करिब पाँच मिनेट पछाडी एक्कासी अध्यक्ष माथि चक्कु प्रहार भएको थियो ।

घटनामा प्रयोग गरिएको खुकुरी र भाँचिएको चक्कुुसहित नियन्त्रणमा लिएर प्रहरीले ठकुरीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएकाे छ ।

पटके कर संकलनका लागि ठकुरीले २०७६–०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए । ठेक्का सम्झौता सकिएसँगै साउन १ देखि गाउँपालिका आफैले कर्मचारी खटाएर कर उठाउन थालेपछि सुरु भएको विवादका विषयलाई लिएर कार्कीमाथि आक्रमण भएको पाइएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]