• असार २९, २०७६
  • जुनकिरी खबर

यस्तो छ तीन दिनको मौसम पूर्वानूमान

alt

मनसुन न्यून चापीय रेखा  नेपालको तराई भू–भागतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ  ।

हाल देशका पूर्वी र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ।


आगामी तीन दिनको मौसम पूर्वानूमानः

असार २९ गते (आईतबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । 

रातिः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

असार ३० गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। 
रातीः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार ३१ गते (मंगलबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू–भागको एक – दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। । जसका कारण पूर्व र मध्य क्षेत्रका पहाडि भू–भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानीको बहाव रहिरहनेछ । अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]