• साउन ४, २०७७
  • जुनकिरी खबर

कर्मचारीले १५ प्रतिशत कमिसन मागेको सांसदको आरोप

alt

प्रदेश १ स्थित सरकारी कार्यालयका कर्मचारीले विकास निर्माणलगायत योजनामा १५ प्रतिशतसम्म कमिसन माग्ने गरेको सत्तारूढ नेकपाका प्रदेशसभा सदस्यले आरोप लगाएका छन् ।

प्रदेशसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य रामकुमार राईले जिल्लाहरूमा कर्मचारीहरूले मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, सचिवका नाममा माथि बुझाउनुपर्छ भन्दै ५ देखि १५ प्रतिशतसम्म घूस रकम माग्ने गरेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री शेरधन राईले नै नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख ९ लाख ३४ हजार घूस रकमसहित पक्राउ परेको प्रसंग पनि सुनाए ।

‘हाम्रा मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, सचिवहरूले कर्मचारीहरूसँग घूस माग्छन् जस्तो लाग्दैन,’ उनले भने, ‘प्रदेश सरकारलाई बदनाम गराउने भ्रष्ट कर्मचारीलाई मानहानीको मुद्दा हालेर थप कारबाही गर्नुपर्छ । होइन भने माथिबाटै घूस मागेको पुष्टि हुन्छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]