• साउन ४, २०७७
  • जुनकिरी खबर

स्थानीय सरकारको आग्रह,‘यसपाली पिण्डेश्वरमा जल चढाउन नआइदिनुस्’

alt

साउनको सोमबार पिण्डेश्वरमा बोलबम मेला लाग्ने गर्छ । तर, यो बर्ष भने परिस्थिति सहज छैन । विश्वभर कोभिड १९ को महामारी छ, र नेपालमा पनि सरकारले यसको संक्रमणबाट जोगिन लकडाउनलाई जारी राखेको छ । लकडाउन चैत ११ गतेबाट भएदेखि नै मठमन्दिरहरु बन्द छन् ।

त्यसैले यसबर्ष साउन महिनामा पनि पिण्डेश्वर मन्दिर बन्द नै हुनेछन् । साउन ९ गतेसम्म त सरकारले लकडाउन नै घोषणा गरेको छ । त्यसअघि मन्दिर सर्वसाधारण, तीर्थालुहरुको लागि खुला हुने सम्भावना छैन । तसर्थ, स्थानीय सरकार, पिण्डेश्वर बाबाधाम समिति र प्रशासनले पनि यो बर्ष साउनको सोमबार जल चढाउन पिण्डेश्वर बाबाधाममा नआउन आग्रह गरेका छन् । यो बिषयमा २ दिनअघि उपमहागनरपालिका, मन्दिर व्यवस्थापन र प्रशासनसँग छलफल भएको थियो ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले सरकारले नै मठमन्दिरमा नित्य पुजाबाहेक अरु पुजाआजाको कार्य रोक्ने निर्देशन भएकोले सबै भक्तजनहरुसम्म यो खबर पुर्याउनुपर्ने बताए । ‘मन्दिर नखोल्ने निर्णय छ, त्यसैले यो सुचना श्रद्धाजुल भक्तजनहरुसम्म पुर्याउनुपर्छ । उहाँहरुले दुःख पाउनुहुन्न, र भिडभाडबाट हुने संक्रमणबाट पनि जोगिनुहुन्छ,’कार्कीले भने,‘यहाँसम्म आउनै नदिने व्यवस्था मिलाउनुपर्छ, आइहाल्नु भयो भने सम्झाउने फर्काउने गर्नुपर्छ । नाकाबाटै सम्झाई, बुझाई गरेर फर्काउने गर्नुपर्छ ।’

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]