सोमबार इटहरीका दुई जनासहित सुनसरीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परिक्षणमा थप ५ जनालाई कोरोना संक्रमण देखिएको हो ।
इटहरीको क्वारेन्टाइनमा रहेका दुई जना, रामधुनी क्वारेन्टाइनमा रहेका दुई जना र धरानमा एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ३ जना महिला हुन् ।
इटहरीका दुवैलाई गोठगाउँ आइसोलेसन केन्द्रमा पठाइएको छ भने रामधुनीका दुई जनालाई कोशी कोभिड १९ अस्पताल विराटनगर पठाइएको छ ।
योसँगै सुनसरी जिल्लामा कुल संक्रमित संख्या १ सय १३ जना पुगेको छ । संक्रमित मध्ये एक सय जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved