भोटेकोसीमा बाढी आउने चेतावनीपछि सुनसरी र सप्तरी जिल्ला समेत अलर्ट भएका छन् ।
चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएर फुट्ने सम्भावना बढेपछि भोटेकोशी नदी किनारको बस्तीलाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्देशन दिएको छ ।
सुचनासँगै सप्तकोशी नदि किनारका सुनसरी र सप्तरी जिल्लामा समेत सचेतता अपनाइएको छ । भोटेकोसी नदी सप्तकोशीमा मिसिन्छ । त्यसैले भोटेकोसीको बाढीले सप्तकोशीमा पनि पानीको बहाव बढाउने सम्भावना छ । पानीको बहाव एकै पटक बढे तटबन्धमा क्षती गर्न सक्ने र ब्यारेजसम्मलाई असर पुग्ने अनुमान छ ।
अहिले साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव दुई लाख पाँच हजार पाँच सय पाँच छ भने ४० वटा ढोका खोलिएको छ । ब्यारेजमा रातो बत्ति र झण्डा गाडीएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved