• साउन ७, २०७७
  • जुनकिरी खबर

सप्तकोशीले कटान थालेपछि मर्मत सुरु

alt

सप्तकोसी नदीले तटबन्धलाई सुरक्षा गर्न बनाइएको स्पर कटान तिब्र पारेको छ। २४ घण्टामा १० फिटसम्म कटान गरेपछि मर्मतसमेत तीव्र बनाइएको छ। 

बराहक्षेत्रको वडा नम्बर ६ ठाकुरबारीमा रहेको ९ र १० नम्बर स्परमा कोशीको एउटा भंगालोले कटान गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले जानकारी दिए ।  कटान थालेपछि कोसी प्रोजेक्टका कामदारसँगै नेपाली सेना र सशस्त्र प्रहरीले वालुवाको बोरा, जाली, ढुङ्गा तथा प्रकोपाइनले कटान नियन्त्रणको प्रयास थालेका छन्।

कोशीको एउटा भंगालो अनपेक्षित रुपमा पूर्वतर्फ सोझिएपछि कटान तीव्र बनेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए। उनका अनुसार पाँच दिनदेखि १७ फिट स्पर कटान भएको छ। वडाध्यक्ष उद्धव पोख्रेलका अनुसार स्परमा हुने तीव्र कटानले तटबन्धमा जोखिम बढाउँछ। तटबन्ध भत्केमा कोशी वस्तीमा पसेर विनाश गर्छ। 

२०६५ सालमा समेत कोशीको पूर्वी तटबन्ध भत्कँदा सुनसरीका दक्षिण–पश्चिमको हजारौं विगाहा जग्गा डुबानमा परेको थियो। ३० हजार बढी मानिस प्रभावित बनेका थिए। सडक र विद्युत् अवरुद्ध हुँदा पुर्वका दर्जनौं उद्योग बन्द भएका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]