• साउन ८, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ८४८ जना संक्रमित

alt

 प्रदेश १ मा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ सय ४८ पुगेको छ। चार प्रहरीसहित १३ जना नयाँ संक्रमित बिहीबारमात्रै थपिएका छन्। 

मोरङमा आठ, सुनसरी र धनकुटामा दुई–दुई र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगरमा चार पुरुष, बूढीगंगामा तीन पुरुष र एक महिला, सुनसरीको कोशी गाउँपालिकामा दुई पुरुष, धनकुटाको छथर जोरपाटीमा दुई पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ। विराटनगरका संक्रमित भनिएका चार जना पुरुष प्रहरी हुन्। 

प्रदेश १ बाट उपचारपछि निको भएर बिहीबार १० जना डिस्चार्ज भएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट १० जना पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या हालसम्म सात सय २३ पुगेको छ।

प्रदेश १ मा पछिल्लो पाँच सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १३ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए। बिहीबारसम्ममा ३८ हजार एक सय ३५ जनाको कोरोना परीक्षण गरिसकिएको डा.मेहताको भनाइ छ। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]