• साउन ८, २०७७
  • जुनकिरी खबर

इटहरीमा कोरोना संक्रमित व्यक्ति होटल क्वारेण्टिनमा बस्न पाउने

alt

सुनसरीको इटहरीमा कोरोना संक्रमित भएका व्यक्तिहरु होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा बस्न पाउने भएका छन् ।

कोभिड नियन्त्रण रोकथाम र क्वारेण्टिन संचालन तथा व्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सरकारको होम क्वारेण्टिन सम्बन्धी मापदण्ड २०७७ अनुसार घरैमा सेल्फ क्वारेण्टिनमा बस्न सकिने निर्णय गरेको हो ।

यसरी होम क्वारेण्टिनमा बस्न वडा कार्यालयको सिफारिस अनिर्वाय गरिएको छ । खाना र आवासका लागि न्यूनतम शूल्क लिने गरि तोकिएका होटलहरुमा पनि बस्न पाउने निर्णय गरिएको जनाइएको छ ।

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि, होटल ब्यवसायी, स्वास्थ्यकर्मी लगायतको उपस्थितति रहेको थियो ।

इटहरी उपमहानगरले कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न उपमहानगरवासीलाई आग्रह गरेको छ । उपमहानगरले होम तथा होटल क्वारेण्टिनमा वसेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ परामर्श र परीक्षण सेवा उपलब्ध गराउने भएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]