• साउन ९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा समुदायमा पुग्यो कोरोना, सजगता अपनाउन मुख्यमन्त्रीको आग्रह

alt

देश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा कोरोना संक्रमण समुदायस्तरमा पुगिसकेको बताएका छन् । 

प्रदेशसभामा बजेट अधिवेशनको अन्तिम बैठकलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, “समुदायमा तीव्र गतिमा फैलने सम्भावना बढेर गएको छ । समुदायस्तरमा संक्रमण फैलिएको संकेतहरू मिलिसकेका छन् ।” राईले स्थानीय तहसँग मिलेर अब ग्रिन र रेड जोन बनाई नियन्त्रणको प्रयास थालिनेसमेत सदनसमक्ष जानकारी गराए ।

प्रदेश १ मा हालसम्म ८४८ जनामा कोरोना संक्रमण देखापरेको छ । जसमध्ये ७२३ जना उपचारपछि डिस्चार्ज भएका छन् । दुईजनाको मृत्यु भएको छ । “कोरोना नियन्त्रणमा आएर लकडाउन हटेको होइन बरु जोखिम अझ उच्च भएर गएको छ,” राईले भने, “अब हामीले हाम्रो व्यवहारमा ध्यान दिनुपर्छ । कोरोना तीव्र गतिमा फैलने भएकाले लकडाउन खुले पनि सचेत हुन जरुरी छ ।” राईले प्रदेश १ मा संक्रमणसंगै उपचारपछि ठीक हुने दर उच्च रहेको र संक्रमितको संख्या अन्य प्रदेशको तुलनामा थोरै भएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]