• साउन १०, २०७७
  • जुनकिरी खबर

इटहरी प्रहरीको हिरासतमा बसेका एक व्यक्तिमा कोरोना संक्रमण

alt

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरीहरुसँग सम्पर्कमा आएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।

राजस्व चुहावटको आरोपमा गत साउन ४ गते सशस्त्र प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको व्यक्तिमा कोरोना पुष्टि भएको हो । ती व्यक्ति अन्य थुनुवासँगै एक रात प्रहरी कार्यालयको थुनुवा कक्षमा बसेका थिए ।

राजस्व अनुसन्धान विभागको कार्यालय इटहरीको नियन्त्रणमा रहेका ती व्यक्तिको पिसिआर चेक गर्दा कोरोना पोजेटिभ पाइएको हो । विराटनगर घर भएका ती संक्रमित व्यापारीलाई गत साउन ६ गते स्वाव परिक्षण गदा कोरोना पोजेटिभ देखिएको होे ।

२५ वर्षिय ती युवकलाई कोरोना पुस्टि भएसंगै प्रहरी कार्यालयको थुनामा रहेका ८ जनाको िपसिआर चेकजाच तयारी थालिएको छ । इलाका प्रहरी कार्यालय इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार थुनुवासँगै पाँच जना प्रहरीको पनि पिसिआर परिक्षण गर्ने तयारी छ ।

युवकलाइ मोरङको गोठगाउँस्थित आइसोलेसन वार्डमा राखि उपचार सुरू गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]