• साउन ११, २०७७
  • जुनकिरी खबर

समुदायमा कोरोनाः विराटनगरका १९ प्रहरीलाई कोरोना पुष्टि

alt

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएको मध्ये २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरीमा कोरोना देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसबारे आधिकारिक सूचना प्रदेश प्रहरीले सार्वजनिक गरिसकेको छैन । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेले एक जना महिलासहित केही प्रहरीमा कोरोना लागेको पुष्टि भएको जानकारी आएको बताउनु भयो । ‘प्रदेश प्रहरीमा संख्या तोकेर अहिलेसम्म जानकारी नआएपछि केही प्रहरीमा लागेको भनेर सूचना आएको छ,’ उहाँले भन्नुभयो, ‘संक्रमित देखिएका प्रहरीलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी सुरू गरिएको छ ।’

यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो । हालसम्म प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । अहिले संक्रमण देखिएको अधिकांश प्रहरी जवान हुन् । दुईं दिन अगाडि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

आइतबार मात्रै प्रदेश १ मा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार संक्रमण देखिएका मध्ये विराटनगरका मात्र २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्राललयले जनाएको छ । आइतबार इलाममा ९ जनालाई संक्रमण देखिएको छ । आइतबारसम्म ३१ नयाँ थपिएसँग प्रदेश १ मा संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।

विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालिसकेको छ । विराटनगरमा बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन ।

बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर ६ का एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो । बिहीबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप ४ जना प्रहरी कर्मचारी र शुक्रबार विराटनगर ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो भने शनिबार थप तीन जनामा संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]