• साउन ११, २०७७
  • जुनकिरी खबर

कोरोना त्रासले इनरुवा नगरपालिका सिल

alt

आइतबार बिहानदेखि इनरुवा नगरपालिका पूर्ण रुपमा सिल गरिएको छ । विराटनगरको प्रहरी कार्यालयमा दरबन्दी भएर इनरुवा–३ महेन्द्रचोकस्थित घरमा नियमित आउजाउ गर्ने एक प्रहरी हवल्दारलाई कोराना संक्रमण भएपछि आइतबार बिहानदेखि इनरुवा नगरपालिका सिल गरिएको नगर प्रमुख राजन मेहताले बताए ।

संक्रमितको सम्पर्कमा आएका मध्ये १२ जना उनकै परिवारका सदस्य र भेटघाट गरेका २९ जनागरी ४१ जनाको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । नगर प्रमुख मेहताले भने, ‘शंकास्पदहरुको रिपोर्ट तीनदिनभित्र प्राप्त हुने छ त्यतिञ्‍जेललाई सर्वसाधारण कसैलाई पनि आवश्यक काम बाहेक घर बाहिर निस्किन दिइएको छैन ।’

सरकारी कार्यालय नीतिगत रुपमा बन्द गर्न नहुने भएकाले जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, इनरुवा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जनप्रतिनिधिसहितको बैठक सर्वपक्षीय भेलाले इनरुवा नगरपालिका क्षेत्र पूर्णरुपमा लकडाउन गरिएको प्रमुख मेहेताले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]