• साउन १३, २०७७
  • जुनकिरी खबर

इटहरीमा व्यापारीलाई बसमै लुट्ने चार जना पक्राउ

alt

 इटहरीका व्यापारीलाई बसभित्रै लुटेको आरोपमा चार जनालाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको छ ।

व्यापारीको साथमा रहेको ९७ हजार ६०० रुपैया ६ जना भएर लुटेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

तीमध्ये काभ्रेका जितबहादुर ट्वाटी श्रेष्ठ, सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ, युबराज लामा र कमल लामा पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले १२ हजार ९ सय रुपैयासमेत बरामद गरेको छ ।

उनीहरुले गत साउन ९ गते इटहरी बस स्टेण्डमा ओर्लन खोज्दै गर्दा धरान ८ का ५७ वर्षिय डम्बरप्रसाद वास्तोलालाई लुटेका थिए । उनको पैसा खोसेर बसबाट धकेलिदिएका थिए ।

फरार दुई जनाको खोजि भइरहेको छ । प्रहरीकाअनुसार उनीहरुले यसअघि पनि आपराधिक मुद्धा खेपिसकेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]