• साउन १४, २०७७
  • जुनकिरी खबर

कोरोनाबाट बीपी प्रतिष्ठानमा मोरङका एक पुरुषको मृत्यु

alt

कोरोना भाइरसको संक्रमणबाट मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

‘कोसी अस्पतालले बिना कुनै समन्वय दिउँसो १ बजे एम्बुलेन्समा पठाएको थियो,’ उनले भने, ‘स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल भेन्टिलेटरमा राखेर उपचार थाले पनि ४:४५मा उनको मृत्यु भयो ।’ समन्वय गरेर रेफर गर्दा भेन्टिलेटर खाली गरेर राख्ने लगायतको तयारी गर्न सहज हुने उनको भनाइ थियो ।

कोसी अस्पतालका डा. दिपक सिग्देलले अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा श्वास फेर्न गाह्रो भएर उपचारका लागि ती पुरुष आएको बताए । ‘श्वास फेर्न गाह्रो भएकाले तत्काल स्वाब परीक्षण गर्दा मंगलबार राति १०:३० बजे पोजिटिभ रिपोर्ट आएको थियो,’ उनले भने, ‘श्वास फेर्न गाह्रो भएको र संक्रमण पुष्टि भइसकेपछि तत्काल भेन्टिलेटरमा राख्न धरान पठाउने प्रयास गरेको तर एम्बुलेन्स नभएर आइसोलेसन वार्डमा राख्न बाध्य भयौं ।’

ती पुरुष भारतस्थित ससुरालीबाट श्रीमतीसहित १० दिन अगाडि आएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए । ‘यसअघि पनि ती पुरुष भारतस्थित ससुरालीबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका थिए,’ उनले भने, ‘तर पछिल्लो पटक भने क्वारेन्टाइनमा बसेका थिएनन् । ’

केही दिनदेखि खोकी लाग्‍न थालेपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए । ‘गोल्डेन अस्पतालले कोरोना संक्रमणको आशंकामा कोसी अस्पतालमा मंगलबार नै रेफर गरेको थियो,’ यादवले भने । प्रवक्ता यादवले प्रतिष्ठानका डा. सन्दिप शर्मासँग समन्वय गरेरै ती व्यक्तिलाई थप उपचारका लागि पठाइएको दाबी गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]