• साउन १६, २०७७
  • जुनकिरी खबर

इटहरीको बजार क्षेत्रमा सावधानी नदेखाउँदा कोरोनाको जोखिम बढ्यो

alt

इन्जिनियरमा कारोना देखिएपछि इटहरी उपमहानगरपालिकाका सम्पूर्ण काम बन्द गरे पनि बजार क्षेत्रमा सतर्कता भने अपनाईएको छैन । इटहरीको धेरै भिडभाड हुने कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भए पनि बजारको भिडभाडमा भने सतर्कता अपनाएको देखिदैन ।

कोरोना रोकथाम तथा व्यवस्थापन उच्चस्तरीय समितिको बिहीबार बिहान बसेको बैठकले उपमहानगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर बजारमा चहलपहल देखिरहेको इटहरीका ब्यापारी मुकुन्दराज भट्टराई बताउँछन । भिडभाड हुने ठाउँमा स्थानीय सरकारले कडाई गर्नु पर्ने देखियो उनले भने ।

कुनै कन्ट्याक्ट हिस्ट्र नभएका ती कर्मचारीमा कोरोना देखिएपछि समुदायमा पुगेको अनुमान गरिएको छ । उपमहानरमा कार्यरत १० कर्मचारीको दुई दिनअघि स्वाब संकलन गरिएकोमा एकजना कर्मचारीमा कोरोना देखिएको थियो ।

इटहरी अस्पतालका स्वास्थ्यकर्मी राम धमलाले कर्मचारी र जनप्रतिनिधिहरुको स्वाब लिने काम धमाधम भईरहेको बताए । हामी हिजै मात्र ७८ जनाको स्वाब लिएर परिक्षणको लागि विराटनगर पठाएका छौ धमलाले भने । बाँकीको अहिले पनि स्वाब लिने काम भईरहेको बताए । संक्रमित कर्मचारीहरुकोे कोठामा गएर भेट्नेहरुले मैले भेटेको थिए भनेर जाँच गराउँन आए सजिलो हुन्थ्यो धमलाले भने ।

नियमित कार्यालय आउने र बैठकमा समेत सहभागी भएका उनमा कोरोना पोजिटिभ देखिएसँगै उपमहानगरपालिका कार्यालयमा डिस्इन्फेक्टिङ गरिएको छ । संक्रमितको कन्ट्याकमा रहेका व्यक्तिलाई पहिलो प्राथमिकमा पीसीआर परीक्षण गर्ने र बाँकी सम्भावित जोखिमपूर्ण क्षेत्रमा र्यान्डम टेस्ट गर्ने काम भईरहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]