• असार २९, २०७६
  • जुनकिरी खबर

कुवेतमा आगलागी हुदा ३ नेपालीको मृत्यु

alt

कुवेतको महाबुल्ला-२ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी हुँदा ज्यान गुमाउने ३ नेपालीको पहिचान खुलेको छ । जसमा दुई घरेलु महिला र एक पुरुष कामदार रहेका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । अप्सरा र गौरीको ठेगाना छैन । उनीहरु आफ्नो मालिकको घर छाडेर त्यस अपार्टमेन्टमा बस्दै आएका थिए । बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत थिए ।


दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले घाइते हुनेहरुको पहिचानको लागि काम भइरहेको बताए । आगलागीमा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुईजना गम्भीर घाइते भएका थिए । १२ जनालाई उद्धार गरिएको थियो ।
गत शनिबार राति १२ बजेर २७ मा आगलागी भएको थियो । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ । नमहाबुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो ।
मृतक नेपालीको शव फर्वानिया अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]