• साउन १८, २०७७
  • जुनकिरी खबर

सुनसरीका १२ सहित प्रदेश १ मा २७ संक्रमित थपिए

alt

आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ ।

कहाँकहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८ जना तथा महोत्तरी र कास्कीका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]