• साउन २१, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिए, ५७ डिस्चार्ज

alt

प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १÷१ जना गरी १८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरका ६ पुरुष र ४ महिला, सुनबर्षीका ३ र धनपालथानका १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयका १-१ पुरुष, उदयपुरको त्रियुगाका १ महिला र सुनसरीको धरानका १ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । यो‍सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ । 

९० वर्षीया वृद्धासँगै ५७ जनाले जिते कोरोना

प्रदेश १ बाट बुधबार ९० वर्षीया वृद्धासहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

विराटनगरबाट डिस्चार्ज भएकालाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासलगायतले विदाइ गरेका थिए।  

बुधबार डिस्चार्ज हुनेमा मोरुङका २६, झापाका १६, सुनसरी र इलामका ६-६, धनकुटा, उदयपुर र तेह्रथुमका १-१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ। 

प्रदेश १ मा बुधबार ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]