• साउन २२, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

alt

 प्रदेश १ मा बिहीबार हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताकाअनुसार प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । 

उनले मोरङका २४, सुनसरीका १९, इलामका १५ र झापाका आठजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । हालसम्म प्रदेशमा एकै दिनमा ६० जनाभन्दा बढी संक्रमित भेटिएका थिएनन् । 

प्रदेश १ मा बिहीबार एक हजार ५४ जनाको पीसीआर परीक्षण भएको थियो । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा दुई र रंगेलीमा एक पुरुष, सुनसरीको धरानमा ११ पुरुष, तीन महिला, इटहरीमा चार पुरुष, एक महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा सात पुरुष, एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । 

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार दुई सय ५५ पुगेको छ । प्रदेश १ मा बिहीबार १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट १२ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छ जना डिस्चार्ज भएको मेहताले बताए । 

डिस्चार्ज हुनेमा झापाका नौ, मोरङका छ, मोरङ, सुनसरी र पाँचथरका एक÷एक जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]