• साउन २३, २०७७
  • जुनकिरी खबर

संक्रमितहरूकाे मनाेबल बढाउन इटहरीमा घरघरमा डाक्टर

alt

इटहरी उपमहानगरमा थपिएका कोरोना संक्रमितहरूको स्वास्थ्यलाइ प्रत्यक्ष रूपमा नियाल्न र उनिहरूको मनोबल उच्च बनाउन इटहरी अस्पतालले नयाँ अभियान थालेको छ । गत साउन १५ गते यता इटहरीमा ८ जना कोरोना संक्रमित भेटिएका थीए । ८ जना मध्ये २ जनाको धरानस्थित बिपी प्रतिष्ठानको आइसोलेसन वार्डमा राखेर उपचार गराइरहेका छन भने बाकिका ६ जनालाइ घरमै आइसोलेसन स्थापना गरी उपचार गराइरहेका छन ।

होम आइसोलसनमा रहेका बिरामिहरूलाइ इटहरी अस्पतालका  चिकित्सकले भिडियो कल मार्फत उनिहरूको अवस्था बुझने र स्वास्थ्य सम्बन्धि बिविध जानकारी सहित के गर्ने के नगर्ने भन्ने बिषयमा प्रत्यक्ष जानकारीमुलक शन्देस दिइरहेका छन ।अस्पतालहरूमा आइसोलेसन वार्ड खाली नभएपछि घरमै रहेका कोरोना संक्रमितहरूलाइ मनोबल बढाउन यो अभियानले ठुलै भुमिका निर्वाह गर्ने इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताउनुभयो ।

भिडियो कलबाट स्वास्थ्य अवस्था बारे बुझेर उहाहरूलाइ उपचारको बिधि समेत सिकाइएको प्रमुख धमलाले बताउनुभयो । यता होम आईलेशनमा रहेको संक्रमितको अवस्था वुझ्ने कार्य र स्वास्थ्य परामर्श सेवा दिइरहेको इटहरी अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए। हाल सम्म इटहरी क्षेत्रमा कोभिड १९ संक्रमितको संख्या २८ जना पुगेको छ ।

होम आइुोलेशनमा रहेका लक्षणरहित संक्रमितलाई भिडियो मार्फत परामर्श दिने र लक्षण देखा परे वा स्वास्थ्य समस्या जटिल भए कोभिड अस्पतालमा रेफर गरीने इटहरी अस्पतालको इमरजेन्सी प्रमुख रामकुमार धमलाले जानकारी दिनुभयो ।संक्रमितहरुले इटहरी उपमहानगरपािलकाले जारी गरेको मोवाइल न। ९८५२०७३२४८ मा सम्पर्क गरी वाट्स अप वा भाइवर कल मार्फत परामर्श दिने हुन पनि इमरजेन्सी प्रमुख धमलाले बताउनुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]