• साउन २६, २०७७
  • जुनकिरी खबर

सुनसरीमा १४ सहित प्रदेश १ मा थप ४२ जनामा कोरोना संक्रमण

alt

सुनसरीमा १४ सहित प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १६ जना थपिएका छन् भने सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ८ पुरुष र १ महिला कोरोना पोजेटिभ देखिएका छन् । यस्तै, मोरङकै सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष र १ महिला, पथरीशनिश्चरेका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुनसरीको धरानका ७ पुरुष र २ महिलामा संक्रमण देखिएको छ भने रामधुनीका ४ र इटहरीका १ पुरुषमा गरि सुनसरीमा कुल १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष र १ महिला, कमल गाउँपालिकाका १ पुरुष गरि ९ जनामा संक्रमण देखिएको छ ।

यता, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]