• साउन २७, २०७७
  • जुनकिरी खबर

सुनसरीमा १८ सहित प्रदेश १ मा थप ९८ जनामा कोरोना संक्रमण

alt

 सुनसरीमा १८ सहित प्रदेश १ मा आज ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरू मध्यो ६४ जना पुरूष र ३४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६१ जना, सुनसरीमा १८ जना, उदयपुरमा १५ जना, झापामा २ जना र ताप्लेजुङ्ग, इलाम र इनरूवामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएकाहरू मध्य मोरङको विराटनगरमा २१ महिला र २९ पुरूष, बेलबारीमा १ पुरूष र बुढिगंगामा १० पुरूष रहेका छन् । त्यस्तै, सुनसरीको धरानमा २ महिला र २ पुरूष, दुहबीमा २ महिला र ५ पुरूष, देवानगञ्जमा ३ पुरूष, हरीनगरमा १ पुरूष र १ जनाको ठाउ नखुलेको रहेका छन् ।

उदयपुरमा बेलकाका ४ महिला र ३ पुरूष, त्रियुगाका ३ महिला र ५ पुरूष रहेका छन् । झापाको मेचिनगरका १ महिला र १ पुरूष, इनरूवाको नाम नखेलेको १ जना रहेका छन् । भने ताप्तेजुङको फुङ्गलिङ्ग र इलामको सुरूयोदयका १ –१ जना पुरूष रहेका अपडेटमा उल्लेख गरीएको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ६ सय ८२ जनामा गरिएको परिक्षणमा ९८ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा हाल सम्म ५६ हजार ४ सय १६ जनामा गरिएको परिक्षणमा १ हजार ५ सय ६२ जनालाइ कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]