• असार ३०, २०७६
  • जुनकिरी खबर

बाढीबाट प्रदेश १ मा मात्रै साढे ८१ करोडको क्षति

alt

वर्षाका कारण प्रदेश १ मा कृषि तथा पशुपन्छीतर्फ साढे ८१ करोड रुपैयाँको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पशुपन्छी तर्फ २५ लाख ८० हजार र बालीतर्फ ८१ करोड २८ लाख  ९२ हजार रुपैयाँको क्षति भएको हो । 

‘मकै, तरकारी,चैते धान, वर्षे धान र अलैंची गरी करिब ८१ करोड २८ लाख ९२ हजार र कुखुराका चल्ला, कुखुरा, गाई,बंगुर गरेर २५ लाख ८० हजार क्षति भएको छ,’ मन्त्रालयले तयार पारेको विवरणमा भनिएको छ । मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ मा २४ हजार ४६ घरधुरी प्रभावित भए ।


वर्षाले सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । प्रदेश २, ३ र ५ को विवरण संकलन भइ नसकेको मन्त्रात्रलयले जनाएको छ । प्रदेश ४ मा वर्षातका कारण क्षति भएको विवरण प्राप्त नभएको तर अन्य हावाहुरी र असिनाका कारण क्षति भएको विवरणमा उल्लेख छ । विवरण अनुसार प्रदेश ६ र ७ मा भने वर्षाले कृषि र पशुपन्छीतर्फ क्षति भएको छैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]