• साउन २९, २०७७
  • जुनकिरी खबर

मोरङमा एकैदिन ८८ संक्रमित, प्रदेशभर ११५ जना थपिए

alt

समुदायस्तरमा कोरोना पुगेको मोरङमा बिहीबार एकै दिन ८८ जना नयाँ संक्रमित भेटिएका छन्। प्रदेश १ को राजधानी विराटनगरमा मात्रै ६० जना नयाँ संक्रमित थपिएका छन्।  प्रदेश १ भरी ११५ जना नयाँ संक्रमित भेटिएका प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

बिहीबार संक्रमित भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।  मन्त्रालयका अनुसार प्रदेश १ मा ८३ पुरुष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा बितेको २४ घण्टामा ६० नयाँ संक्रमित भेटिएका छन्।  विराटनगरमा ३८ जना पुरुष र २२  जना महिला संक्रमित भेटिएका हुन्। मोरङकै बुढीगंगा गाउँपालिकामा २५ जना संक्रमित भेटिएका छन्। बुढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप्सका २१ जना मजदुर पनि संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार बुढीगंगा गाउँपालिका-२ मा ३ जना र ७ मा १ जना संक्रमित भेटिएका छन्। अर्कातिर कटहरी गाउँपालिकामा पनि ३ जना संक्रमित भेटिएका छन्।  उता सुनसरी जिल्लामा १९ जना संक्रमित भेटिएका छन्।

जसमा १५ पुरुष र ४ महिला छन्। इटहरी उपमहानगरपालिकामा १० पुरुष र ३ महिला संक्रमित थपिएका छन्।, धरान उपमहानगरपालिकामा १ जना वराहक्षेत्र नगरपालिकामा १ जना, दुहबी नगरपालिकामा ३ जना र रामधुनी नगरपालिकामा १ जना संक्रमित भेटिएका छन्।  मन्त्रालयका अनुसार इलाममा ४ जना संक्रमित भेटिएका छन्। उदयपुरमा १ जनामा र झापाको बिर्तामोडमा १ जना संक्रमित भेटिएका छन्। बिहीबार ११५ संक्रमितसँगै प्रदेश १ मा १६ जना २६ संक्रमित पुगेका छन्।

संक्रमण भएकामध्ये १० जनाले अहिलेसम्म ज्यान गुमाएका छन्। ज्यान गुमाएकामध्ये ८ जना मोरङकै छन्। दुईजना प्रदेश २ बाट उपचारका लागि लगिएका हुन्। अहिलेसम्म प्रदेश १ बाट डिस्चार्ज हुने १ हजार ४० पुगेका छन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]