• भदौ २, २०७७
  • जुनकिरी खबर

प्राध्यापकहरुको विवादित विषयलाई तत्काल टुङ्याउन नेविसंघ इटहरीको माग

alt

सुनसरीको इटहरी स्थित रहेको जनता बहुमुखी क्याम्पसका प्राध्यापकहरु बीच भएको विवादित विषयलाई सात दिनभित्र टुङ्याउन माग गरिएको छ ।

नेपाल विद्यार्थी संघ जबक्या इकाइ समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै क्याम्पस बाहिर भएका व्यक्तिगत घटनालाई क्याम्पसको नाम जोडेर क्याम्पसको बदनाम गराउने र मर्यादा विपरित कुराकानी गर्ने प्राध्यापहरुमाथी छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेको हो ।

केही दिन अघि क्याम्पसका प्राध्यापकद्धय राजन भट्टराई र कृष्ण कला राई बीचको कुराकानीलाई विभिन्न संचारमाध्यम र सामाजिक संजालमा आएको र विभिन्न टिकाटिप्पणी भएको भन्दै तत्काल यस विषयलाई टुङ्याउन ईकाइ कमिटिले क्याम्पस प्रशासन समक्ष आग्रह गरेको छ ।

सो विषयलाई ७ दिन भित्र टुङ्गो नलगाएमा आन्दोलन गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधबार राती क्याम्पसका प्राध्यापक भट्टराईले आफूमाथि यौनजन्य दुर्व्यवहारको नियतले फोन संवाद गरेको भन्दै कृष्णकला राईले आरोप लगाएकी थिइन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]