• भदौ ४, २०७७
  • जुनकिरी खबर

इटहरी ९ लाई सेनिटाइज गदैं युवाहरु

alt

समुदायमा कोरोना संक्रमण फैलिएपछि उच्च सतरकता अपनाउदै इटहरी उपमहानगर ९ स्थित अस्पताल टोल र आसपासका क्षेत्रहरूमा स्थानीयहरूले सेनिटाइज गर्ने तयारी थालेका छन ।

अस्पताल टोल बिकास समितिको हालै बसेको बैठकले आफ्नो गाउलाइ संक्रमण फैलनबाट जोगाउन गत भदौ ५ गते इटहरी ९ वार्डका सबै टोलहरूमा अत्याधुनिक प्रविधिद्वारा सेनिटाइज गर्ने तयारी भएको हो ।

त्यसको लागि इटहरी उपमहानगरलाइ आवस्यक सल्लाह सुझाव माग गरिएको छ ।  स्थानीयवासी र टोलबिकास संस्थाका पदाधिकारीहरूकै सकृियतामा इटहरी ९ स्थित कोरोना संक्रमण भेटिएको गाउ र मुख्य स्थानहरूमा सेनिटाइज गर्ने अस्पताल टोल बिकास संस्थाका अध्यक्ष बिजय केसीले बताए । Let’s Fight Against Corona भन्ने उदेश्य सहित यो अभियान सुरु गरीएको केसीले बताएका छन् ।

गाउमा कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानीयहरूको सल्लाहमा थोरै रकम उठाएर संक्रमित बसेको स्थान र ९ नं वार्डका मुख्य स्थानहरूमा (सोडीयम हाइड्रोक्लोराइड) द्वारा सेनिटाइज गर्ने निर्णय भएको टोल बिकास समितिका अध्यक्ष केसीले बताए ।

हाल इटहरी ९ मा तिन जना कोरोना संक्रमित रहेका छन । उनिहरूको होम आइसोलेसनमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]