• भदौ ५, २०७७
  • जुनकिरी खबर

वीपीमा कार्यरत धरानकी एक नर्ससहित ५ जनामा कोरोना संक्रमण

alt

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत स्टाफ नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्स धरान १५ पुष्पाञ्जली मार्गका हुन् । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङमार्फत उनको पनि स्वाब परीक्षण गरिएको थियो । उनीबाहेक प्रतिष्ठानकै गाइनो वार्डमा यसअघि कोरोना पोजेटिभ पुष्टि भएका २ जना कुरुवामा पनि कोरोना संक्रमण देखिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनीहरु कन्ट्याक ट्रेसिङ गरेपछि एन्फा क्वारेन्टिनमा बसिरहेका छन् ।

यस्तै, एक जना शंका लागेर कोभिड अस्पतालमा राखिएका मोरङ विराटनगरका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सजरीको स्टेण्ट निकाल्न आएका सिरहाका एक व्यक्तिका पनि पिसिआर पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ की नर्स होम आइसोलेसनमा रहेको र उनको इच्छा अनुसार नै वीपी प्रतिष्ठान लगिनेछ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]