• भदौ ५, २०७७
  • जुनकिरी खबर

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख नजिक

alt

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा छ हजार ६८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या सात लाख ९६ हजार दुई सय ५८ पुगेको हो । एकै दिन दुई लाख ६१ हजार ४२ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या दुई करोड २८ लाख ३० हजार छ सय ४० पुगेको छ ।

एक करोड ५४ लाख ९६ हजार नौ सय चार जना उपचारपछि निको भएका छन् । ६५ लाख ३७ हजार चार सय ७८ जना उपचाररत रहेकोमा ६१ हजार आठ सय ८१ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ७७ हजार तीन सय ३९ जनाको मृत्यु भइसकेको थियो । एक दिनमा एक हजार पाँच जनाले ज्यान गुमाए ।

संक्रमित संख्या ५७ लाख ४४ हजार छ सय ७६ पुगेको छ । ३० लाख ८५ हजार आठ सय ७९ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ८१ हजार चार सय ५८ जना उपचाररत रहेकोमा १६ हजार आठ सय ८२ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोनाका कारण एक लाख १२ हजार चार सय २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३४ जनाले ज्यान गुमाए ।

कोरोना संक्रमितको संख्या ३५ लाख पाँच हजार ९७ पुगेको छ । २६ लाख ५३ हजार चार सय सात जना उपचारपछि निको भएका छन् । सात लाख ३९ हजार दुई सय ६७ जना उपचाररत छन् ।

भारतमा ५४ हजार नौ सय ७५ जनाको मृत्यु भइसकेको छ । २९ लाख चार हजार तीन सय २९ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन ६८ हजार पाँच सय सात जना नयाँ संक्रमित थपिए ।

२१ लाख ५७ हजार नौ सय ४१ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । छ लाख ९१ हजार चार सय १३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]