इटहरी अस्पतालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालले आफ्नो आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।
अस्पतालको प्रयोगशालामा कार्यरत एकजना कर्मचारी र एक जना बिरामीमा कोरोना पोजेटिभ पाइएपछि अस्पतालले इमर्जेन्सी सेवा, डेलिभरी सेवा र फिभर क्लिनिक बाहेक अन्य सेवाहरु बन्द गरेको जनाएको छ ।
सञ्चालक समिति अध्यक्ष भुपेन्द्र बरालद्वारा हस्ताक्षरित विज्ञप्तीका अनुसार अस्पतालको प्रयोगशालाका टेक्निसियनमा कोरोना देखिएको हो ।
यस्तै ओपीडीमा उपचार गराउन आएका अर्का एक बिरामीमा समेत कोरोना पोजेटिभ देखिएको छ । उनले अस्पतालमा एक्सरे समेत गराएको खुलेपछि संक्रमण फैलिएको अनुमान गरिएको छ ।
अस्पतालले बिगत पाँच दिनभित्र एक्सरे गराएका बिरामीहरुलाई सम्पर्कमा आउन भनेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved