• भदौ ९, २०७७
  • जुनकिरी खबर

सुनसरीका पत्रकारहरुका लागि फुड बैँक सञ्चालन हुने

alt

कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवि पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियान सन्चालन भएको छ ।

युनियन जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवि पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रुपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले कोरोना महामारीले गर्दा पत्रकारले सवैभन्दा बढी समस्या झेल्नु परेकाले पेशा जोगाउनै गाह्रो रहेकाले केही राहत होस् भनेर आँफूहरुले फुड बैंक सुरु गरिएको उनले बताए ।

फुड बैंक अभियान सञ्चालन एवम ब्यवस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति तयार गरिएको छ । समितिमा पत्रकार निशान चौधरी, उषाकिरण घिमिरे, इकवाल अहमद र बिनय प्रधान रहेका छन् ।

जिल्लाको इटहरी, धरान इनरुवा, झुम्का, दुहवी, बराहक्षेत्र लगायतका स्थानमा पत्रकार छरिएकाले गर्दा ती पत्रकारलाई खाद्य सामग्री वितरण गर्न पनि समितिले आवश्यक व्यवस्था गर्ने बताइएको छ । पत्रकारको हकहितका लागि नेपालमै पहिलोपटक फुड बैँक सन्चालन गरिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]