इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । भदौ ७ गते गरेको परिक्षण मध्ये नौ जनाको रिपोर्ट पोजेटिभ आएको हो । इटहरी–६ का ४६ बर्षीय पुरुष, इटहरी–९ का ५ बर्षीय बालक, ४४ वर्षीय पुरुष र ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले जानकारी दिएका छन् ।
त्यस्तै, इटहरी–१० का ३७ बर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २८ र ३२ बर्षीय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका ३२ र ३६ बर्षीय थुनुवामा संक्रमण देखिएको हो ।
योसँगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved