सामाजिक कार्यमा क्रियाशील इटहरीमा लायन्स र लियो क्लब एक्टिभ र सिटिजन्स एक्टिभ क्लबले इटहरीका बढी भिडभाड हुने क्षेत्रमा नियमित सेनिटाइज गर्ने भएका छन् ।
लायन्स,लियो क्लब अफ इटहरी एक्टिभ,लायन्स र लियो क्लब अफ इटहरी सिटिजन्स,लायन्स क्लब अफ इटहरी शान्तिनगर तथा कमान्डो सेक्युरिटी परिवार मिलेर इटहरी मुक्ति धाम र इलाका प्रहरी कार्यालयमा दैनिक रूपमा सेनिटराइज गर्न थालिएको लायन्स क्लब अफ एक्टिभकी अध्यक्ष रञ्जु सिग्देलले बताइन ।
उनका अनुसार इटहरीका २० वटै वडाका भिडभाड हुने स्थानमा सेनिटराइज गर्ने अभियानमा सुरु गरिएको हो । आज उक्त समूहले मुक्ति धाम क्षेत्र, इलाका प्रहरी कार्यालय इटहरी परिसर, प्रहरी विट तरहरा, तरहरा बजार र हलगडा प्रहरी विटमा सेनिटाइज गरेका छन् ।
इटहरीका धेरै युवाहरू समावेश भएको लायन्स र लियो क्लब इटहरी एक्टिभ र सिटिजन्सले कोरोना विरुद्धको लडाइमा विभिन्न कार्य गर्दै आएको अध्यक्ष सिग्देलले बताइन ।
उनका अनुसार इटहरीका विभिन्न वडाहरूमा मास्क वितरण, कोरोना सम्बन्धी सचेतना कार्यक्रम , अनलाइन तालिम र कोरोना सङ्क्रमित सङ्ग अन्तर्क्रिया समेत गरिएको छ ।
पत्रकार महासङ्घ सुनसरीलाई फेस शिल्ड, स्यानिटाइजर, मास्क हस्तान्तरण र इटहरीका हरेक प्रहरी बिट, ट्राफिक कार्यालयमा मास्क र फेस शिड वितरण समेत गरिएको सिग्देलले जानकारी दिइन ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved