• भदौ १२, २०७७
  • जुनकिरी खबर

सुनसरीमा १६ प्रहरी र २ सेनासहित ३८ जनालाई कोरोना

alt

सुनसरीमा शुक्रबार ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामध्ये १६ जना प्रहरी, २ जना नेपाली सेना पनि छन् । सुनसरीमा बिहीबार मात्र ३१ जना कोरोना संक्रमित थपिएका थिए ।

सुनसरीको इनरुवास्थित स्वास्थ्य कार्यालय अधिकृत दिक्षा श्रेष्ठका अनुसार थपिएका कोरोना संक्रमितमा ५ जना महिला प्रहरीसहित १३ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हुन् भने २ जना नेपाली सेना धरानको फुश्रेस्थित कार्यरत सेना हुन् ।

श्रेष्ठका अनसार थपिएका संक्रमितहरुमा इटहरी उपमहानगरका ५ जना, देवानगञ्ज गाउँपालिकाका ४ जना, कोसी गाउँपालिकामा ३ जना, इनरुवा नगरपालिका १ जना र धरानमा १ जना नर्स, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीका छोरीसहित ५ जना रहेका छन् ।

स्वास्थ्य कार्यालयकाअनुसार सुनसरीमा कोरोना संक्रमितको संख्या ५ सय ७७ पुगेको छ । २ सय ३५ जना कोरोना संक्रमणबाट निको भएका छन् । बाँकी संक्रमितमध्ये लक्षण नदेखिएका र देखिएपनि गम्भीर समस्या नभएकाहरु आइसोलेसन, होम आइसोलेसनमा रहेका छन् भने लक्षण देखिएका गम्भीर समस्या भएकाहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]