• भदौ १२, २०७७
  • जुनकिरी खबर

विराटनगरमा ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा

alt

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो।

सुविधासम्पन्न न्यूरोको कोभिड अस्पतालको सामाजिक विकासमन्त्री जीवन घिमिरेले निरीक्षण तथा उद्घाटन गरे। समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमित राखेर उपचार गर्ने उदेश्यले पहिलो पटक विराटनगरमा संचालित निजीस्तरको अस्पतालले कोभिड अस्पताल सञ्‍चालनमा ल्याएका हो। न्यूरोको कोभिड अस्पतालमा जनरल ४२, आइसियु ७ र भेन्टिलेटर २ शैय्या रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए।

न्यूरोको कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितहरूले उपचार गरिने भट्टराईको भनाइ छ। प्रदेश एकमा पछिल्ला दिनमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै कोभिड अस्पतालमा शैय्या अभावका कारण संक्रमितहरूको उपचारमा समस्या हुँदै आएको थियो। न्यूरो अस्पतालले कोभिड क्राईसिस मेनेजमेन्ट समिति अस्पतालस्तरमै गठन गरेर विराटनगरमा सबैभन्दा पहिले कोरोना संक्रमितको उपचार गरेको थियो।

विराटनगरमा यसअघि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले ६० शैय्याको आईसोलेशन सञ्चालन गरिसकेको छ। कोरोना संक्रमण भएको अवस्थामा रकम बुझाएर सुविधा सम्पन्न होटल यासटिकमा पनि ६० शैय्याको आइसोलेशन तयार पारिएको थियो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]