• भदौ १३, २०७७
  • जुनकिरी खबर

अस्पताल बन्द गरे कारवाही गर्ने सुनसरी प्रशासनको चेतावनी

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले अत्यावश्यक सेवाका रुपमा रहेका स्वास्थ्य संस्थाहरु कुनैपनि बहानामा बन्द नगर्न र बन्द गरे कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।

बुधवार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सूचना जारी गर्दै स्वास्थ्य प्रतिष्ठान, अस्पताल, नर्सिङ होम बन्द गरेको गुनासो आएको उल्लेख गर्दै हालको विषम परिस्थितिमा प्रभावकारी सेवा दिने स्वास्थ्य संस्थाहरु बन्द नगर्न सचेत गराएका हुन ।

प्रजिअ पोखरेलले कुनैपनि बाहानामा स्वास्थ्य संस्था बन्द गरी सर्वसाधरणको स्वास्थ्यमा खेलवाड गरेको पाईएमा कानून बमोजिम कारवाही हुने सूचना उल्लेख गर्दै स्वास्थ्य संस्थाहरुले अस्पताल सञ्चालनको व्यवश्था मिलाउन निर्देशन गरिएको छ ।

इनरुवा अस्पताल पनि केही दिनअघि प्रसुति जाँचबाहेक सेवा बन्द गरिएको, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा विभिन्न बहानामा अस्पतालको सेवा प्रभावित पार्ने प्रयास गरिएको, इटहरी, धरान र दुहवीमा रहेका उपचार केन्द्रहरु पनि विभिन्न बहानामा सेवा नदिने अवस्थामा रहेको जस्ता विषयहरु एकपछि अर्को घटनाहरु बाहिर आउन थालेपछि उपचार पाउनबाट सर्वसाधारणहरु बञ्चित हुने अवस्था उत्पन्न भएपछि प्रशासनले त्यस्तो चेतावनी दिएको हो ।

केही समयदेखि निजी स्वास्थ्य संस्थाहरुले कोरोनाका कारण देखाउँदै अन्य विरामीहरुको उपचार गर्न नमान्दा अनाहकमा ज्यान गुमाउने स्थिति उत्पन्न भएको छ । हालसालै मधुवनका एक बीस सेवन गरेका विरामीलाई अस्पतालहरुले उपचार गर्न नपाएपछि अस्पताल खोज्दा खोज्दै उनको ज्यान गएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]